विराटनगरमा एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

विराटनगर साउन १९
विराटनगरका एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ५ का ७७ बर्षिय पुरुषको र्मतयु भएको हो ।
श्वासप्रश्वास र छाती दुख्ने समस्या भएपछि सोमबार बिहान १० बजेतिर आफै कोसी अस्पताल पुगेका थिए । उनलाई शंका लागि कोभिड उपचार केन्द्रमा लगेर आइसोलेसनमा राखी स्वाब लिएर उपचार थालेको डाक्टर लक्ष्मीनारायण यादवले बताए । कोशी अस्पतालमाको आइसोलेसनमा राखेर उपचार गरिएको अवस्थामा उनको रिपोर्ट आउनुअघि नै मृत्यु भएको थियो । उनकाे कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । उनीसँगै कोरोना संक्रमणबाट मोरङमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि सुनवर्षि नगरपालिकाका एक जनाको मृत्यु भएको थियो ।