नयाँ लाइसेन्स तत्काल नपाइने

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १९

सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ।

कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘भीडभाडको कारण छापिएको लाइसेन्स बाँड्न समेत गाह्रो भइरहेको छ। त्यसकारण अहिले नयाँ लाइसेन्सको तयारी त परैको कुरा हो,’ उनले सेतोपाटीसगँ भने।

अवस्था सामान्य रहे डेढ/दुई महिनामा खोलिने उनले बताए। ‘संक्रमण दर कम भयो भने डेढ/दुई महिनामा नयाँ लाइसेन्सको प्रकृया सुरु गर्छौ। नत्र दशैं पछाडि नै होला,’ हमालले भने।

Leave a Reply

Your email address will not be published.