इटहरी उपमहानगरका सवारी चालकलाइ काेराेना, लकडाउन गर्ने तयारी

सेयर गर्नुहोस्

इटहरी, साउन १९

इटहरी उपमहानगरपालीका कार्यालयमा कार्यरत एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो ।

विपि प्रतिष्ठानमा धरान पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । त्यस्तै इटहरी उपमहानगर अन्तरगत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुस्टी भएसंगै अब इटहरीमा खतरा बढेको बताए ।

हाल सम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएकोले उपमहानगरले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्दै आएको छ । आज सोमबार दिउसो १२ बजे भित्र सबै रिपोर्ट आइसक्ने र मेयर उपमेयर संग ब्रिफिङ गरी इटहरीमा सावधानी अपनाउन तत्काल लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी भइरहेको छ । इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीले सबै रिपोर्ट आएपछि अवसथा हेरेर इटहरीलाइ लकडाउन गरिने बताए ।