मेची अस्पतालमा आजदेखि पीसीआर जाँच हुने

सेयर गर्नुहोस्

झापा, साउन १९

भद्रपुरको मेची अस्पतालमा आजदेखि कोरोना भाइरसको नमूना परीक्षण हुने भएको छ । बुधबारदेखि नियमित पिसिआर परीक्षण गर्ने गरी आजदेखि नमूना परीक्षण गर्न लागिएको हो ।

दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण शुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए । ‘आज र भोलि नमूना परीक्षण गर्छौ’ उनले भने,‘त्यसलाई क्रस भेरिफिकेसनका लागि विराटनगर पठाउँछौ, रिपोर्ट ठीक देखियो भने नियमित परीक्षण थाल्छौं ।’

मेची अस्पतालमा पिसिआर ल्याब संचालनको जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मिलेको छ । उनले मेशिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम केही दिनअघि नै तयारी गरिसकेको जानकारी दिए