ओली र दाहाल विच छलफल, खनाल पनि सहभागी

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १८

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पाैने दशबाट सुरु भएको दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले बताए। केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।

ओलीले स्थायी कमिटी बैठक एक्कासी स्थगित गरेपछी दाहाल र ओलीविच सम्वाद हुन सकेकाे थिएन । फाेन समेत सम्पर्क भएकाे थिएन । तर ओलीले मध्यस्तताका लागि पाैडेललाइ जिम्मेवारी दिएपछ बार्ता भएकाे हाे ।