अर्थव्यवस्थाको मामलामा सुपर पावरको नामले परिचित अमेरिकालाई कोरोना भाइरसले ठूलो झट्का दिएको छ । अप्रिल–जून त्रैमासमा अमेरिकी अर्थ्रव्यवस्थामा ३२.९ प्रतिशतको गिरावट आएको छ ।
यो अमेरिकी अथर्गव्यवस्थामा हालसम्मकै ठूलो गिरावट हो भने सन् १९५८ मा रेकर्ड रहेको १० प्रतिशतभन्दा तेब्बर ठूलो गिरावट हो । कोरोना भाइरसका कारण सबै कारोबार बन्द भएका छन् । यसका कारण लाखौँ मानिसहरु रोजगारीबाट बञ्चित हुनु परेको छ । योसँगै अमेरिकामा बेरोजगारी दर बढेर १४.७ प्रतिशतसम्म पुगेको छ,अमेरिकी सरकारद्धारा जारी बयानमा भनिएको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् १९४७ मा रेकर्ड राख्न सुरु गरेपछि जीडीपी र गुड्स एण्ड सर्भिसेज आउटपुटमा देखिएको यो दोस्रो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो ।
मन्त्रालयका अनुसार, उपभोक्ता खर्च घटेका कारण अथ्रृव्यवस्थामा यो ठूलो गिरावट देखिएको हो । अमेरिकाको आर्थिक गतिविधिमा उपभोक्ता खर्चको हिस्सेदारी करिब ७० प्रतिशत रहेको छ । उपभोक्ता खर्चमा वार्षिक आधारमा ३४.६ प्रतिशतको गिरावट देखिएको छ । एजेन्सी