गाैरादहमा सेनेटरी प्याड उद्याेग

सेयर गर्नुहोस्

मिलन अधिकारी
गौरादह, साउन १७
झापाको गौरादहमा सेनेटरी प्याड उत्पादन उद्योग खुल्ने भएको छ । प्याड बनाउनका लागि आवश्यक समाग्री आइ सकेको छ ।
गौरादह ३ मा सन्चालन हुने यो उद्योगका लागि वाणिज्य मन्त्रालयले ३० लाख बराबरको कच्चा समाग्री पठाएको वार्ड अध्यक्ष गजेन्द्र घिमिरेले बताए । स्थानीय स्तरमा महिलालाहरु लाई आत्मनिर्भर बनाउनका लागि यो उद्योग सहयोगी हुने छ, घिमिरेले भने, अब तालिमका लागि प्रशिक्षकहरु ल्याएर काम अघि बढाउने छौ ।


सरकारको सहयोग भएको गौरादहकै पहिलो उद्योग भएको दाबी गर्दै उनले त्यसको सन्चालनका लागि समिति गठन गरिने उल्लेख गरे । शुरुमा १२ जना स्थानीयलाई प्रशिक्षण दिएर काम थालिने छ, उनले भने, अनि आवश्यकता अनुसार रोजगारीको समेत व्यवस्था हुने छ । उद्योगका लागि आवश्यक कच्चा पर्दाथ संघीय सरकारले व्यहोर्ने छ । यस्तै सन्चालन र रेखदेख स्थानीय सरकारले गर्ने छन् ।
उद्योग स्थापनाका लागि प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, संविधानसभा सदस्य दिपक कार्की, सुरेस पौडेलको उल्लेख्य सहयोग भएको घिमिरेले बताए ।