गाैरादहका मगरकाे साउदीमा मृत्यु

सेयर गर्नुहोस्
  • 544
    Shares

गाैरादह, साउन १७

राेजगारिकाे सिलसिलामा साउदी अरबमा गएका गाैरादहका ३ का सराेज मगरकाे मृत्यु भएकाे छ ।

शुक्रबार राति साथिहरु संगै रहेका उनकाे अचानक निधन भएकाे हाे । बिगत ४ बर्ष देखि साउदी अरब मा बस्दै आएका उनि रियाद स्थित ड्रम फ्याक्टरिमा काम गर्दै आएका थिए । शुक्रबार विदा परेकाे र साथीहरू सँग खाना खाइसक्न साथ एक्कासी ढलेका थिए । साउदीबाट कमल घिमिरेले बताए अनुसार शुक्रबार रातिकाे घटना भएकाे र शनिबार इद परेकाले घटनाकाे पुर्ण विवरण भने आइसकेकाे छैन ।

मृतककाे शव स्थानीय अस्पतालमा राखिएकाे छ । गाैरादह ३ का बासिन्दा मगर आमा,दाजु भाउजुसँग नेपालमा बस्दै आएका थिए ।