जोहन्सबर्गमा एक नेपालीकाे निधन

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १६

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक नेपालीको निधन भएको छ। पाँचथर घर भएका ३४ वर्षिय नियालसन बोखिम लिम्बुको निधन भएको हो। छाति दुखेपछि उनी अस्पताल पुगेका थिए। उपचारकै क्रममा उनको निधन भएको दक्षिण अफ्रिकाका लागि कार्यावाहक राजदूत घनश्याम लम्सालले जानकारी दिए। उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको लम्सालले बताए।

उनी वासीङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत  रहेको एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जनकारी दिए।