भद्रपुरमा चिल्ड्रेन पार्कको शिलान्यास

सेयर गर्नुहोस्

झापा, साउन १५

भद्रपुर नगरपालिकामा रहेको किच्चकबधमा चिल्ड्रेन पार्कको आज शिलान्यास गरिएको छ ।
झापा ३ १ का प्रदेश सांसद बसन्त बानियाँले पार्कको शिलान्यास गर्नुभयो । प्रदेशको पर्यटन मन्त्रालयले अहिले ६० लाख रुपैयाँ पार्क बनाउन दिएको छ । सांसद बानियाँले किच्चबधको ऐतिहासिकता सँगै पार्क बनेपछी बालबालिकाका लागि मनोरम स्थल बन्ने बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपाका नेता असारु राजंबशी लगायतको उपस्थिति रहेको थियो । पार्क सांसद बानियाँको पहलमा निर्माण थालिएको हो । उनी त्यस क्षेत्रका लोकप्रीय जनप्रनिधी हुन् ।