धरानमा ५ बजे पछी सबै बन्द, खाद्यान्न, तरकारी र औषधी पसल खुल्ला

सेयर गर्नुहोस्

धरान, साउन १५

कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धरानमा बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले यस्तो निर्णय गरेको हो । उक्त समयमा पनि अत्यावश्यक वस्तुअन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बेजसम्म मात्र खोल्न दिइने निर्णय भएको हो । धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका बढीरहदा आज उपमहानगरपालिकामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ । यस्तै, सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने पनि निर्णय भएको छ । यो निर्णय भोली(शुक्रबार)देखि लागु हुने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।