विराटनगर / कोरोना संक्रमितको मृत्यु भएपछि मोरङको सीमावर्ती सुनवर्षी नगरपालिकाको वडा नम्बर ८ बिहीबार बिहानदेखि सिल गरिएको छ ।
उक्त वडाका ४५ वर्षीय पुरुषको उपचारका लागि पु¥याएपछि बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरनमा मृत्यु भएको थियो । संक्रमितको मृत्यु भएपछि वडा सिल गरिएको नगरपालिकाले जनाएको छ ।
नगरका जनस्वास्थ्य प्रमुख किशोरकुमार मण्डलका अनुसार मृतकका आफन्त, परिवारका सदस्यसहित उनलाई अस्पतालसम्म पु¥याउन खटिएका १० जनालाई अलग्गै क्वारेन्टाइनमा राखेर कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भइरहेको छ । ती पुरुषमा कोरोना पोजिटिभ देखापरेपछि उनको बस्ती वरपरका ४८ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आइनपुगेको मण्डलले बताए । सुनवर्षी नगरपालिकाका– ८ भारतसँग सीमा जोडिएको वडा हो ।
मृतक सिक्टीका बासिन्दा हुन् । उनी लकडाउनको तीन सातापछि भारतबाट घर आएका थिए । घर आएपछि उनी दुई सातासम्म क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
नगरका जनस्वास्थ्य प्रमुख मण्डलले भने क्वारेन्टाइनबाट घर गएपछि उनी फेरि भारत गएर फर्किएको पाइएको छ । फर्किएपछि उनी फेरि संक्रमित भएछन् । मण्डलले भने, ‘उनी फर्किएपछि कहाँकहाँ गए र को–को सँग सम्पर्कमा रहे उनीहरुको खोजी भइरहेको छ ।