इटालियन सिरि एको सिजनको उपाधि जितेको युभेन्ट्स अन्तिम खेलअघि पराजित भएको छ।
युभेन्ट्सलाई बुधबार राति भएको खेलमा काग्लिअरीले २-० गोलले पराजित गर्यो।
पहिलो हाफमै २-० को अग्रता लिएको काग्लिअरीका लागि गाग्लियानोले आठौं र सिमोनले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे।
युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो पाएका अवसर सदुपयोग गर्न नसक्दा निराश बनेका थिए।
जससँगै जारी सिजनमा ३१ गोल गरिसकेका उनको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य कठिन बनेको छ।
अन्तिम खेलअघि रोनाल्डो लाजियोका सिरो इमोबिलभन्दा ४ गोलले पछि छन्। इमोबिलले ३५ गोल गरिसकेका छन्।
बुधबार लाजियोले ब्रेस्सियालाई २-० ले हराउदा इमोबिलले एक गोल गरेका थिए।
युरोपियन गोल्डेन बुटको दौडमा इमोबियल शीर्ष स्थानमा उक्लिएका छन्। उनले जर्मन क्लब वायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की (३४ गोल) लाई पछि पारे।