दमक नगरपालिका १ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्

दमक।

झापाको दमक नगरपालिका ५ का १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमकबाट पठाइएका ५२ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी ४३ बर्षीया महिला हुन् ।

उनी भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै गरेको महिला भएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । योसँगै दमकमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ । यद्यपी ८ जनाले कोरोना जितिसकेका छन् ।