झापामा माक्स नलाए १ सय जरिवाना

सेयर गर्नुहोस्

झापा, साउन १४​

जिल्ला प्रशासन कार्यालय झापाले अब माक्स नलाइ हिडदा कारवाही गर्ने भएकाे छ । प्रशासनले सार्वजानिक सुचना जारी गर्दै सार्वजानिक स्थलमा रहँदा वा हिड्दा अनिवार्य माक्स लगाउन निर्देशन दिएकाे हाे ।

संक्रामक राेग एेन अनुसार निर्देशन पालन नगरि माक्स नलाइ हिड्नेलाइ एक सय रूपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेकाे छ । यस्तै सार्वजानिक स्थलमा दुरी कायम राख्ने, सेनिटाइजर प्रयाेग गर्न भनिएकाे छ ।