नेपालमा कुल संक्रमित मध्ये ७६७ जना १० वर्ष मुनिका बालबालिका

सेयर गर्नुहोस्

काठमाडौं, साउन १४

नेपालमा कोरोना संक्रमितमध्ये १० वर्ष मुनिका ४ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४.०२३ प्रतिशत बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।

मन्त्रालयको तथ्यांक अनुसार १९ हजार ६३ संक्रमितमध्ये १० वर्ष मुनिका बालबालिका ७ सय ६७ जना रहेका छन्। तीमध्ये २ सय ९२ बालिका रहेका छन् भने ४७५ बालक रहेको मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३ सय ७२ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश १ मा २३, प्रदेश २ मा १ सय ३८, बाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३०, प्रदेश ५ मा १ सय १५ र कर्णाली प्रदेशमा ७३ जना बालबालिका संक्रमित भएका छन्।

ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, दोलखा, रसुवा, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ कास्की, रुकुम पूर्व, डोल्पा, हुम्ला र दार्चुला गरी २३ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका : कुन जिल्लामा कति?
– झापामा २ बालिका र २ बालक।
– मोरङमा ४ बालिका र ७ बालक।
– सुनसरीमा २ बालिका र ४ बालक।
– उदयपुरमा २ बालक।
– सप्तरीमा ४ बालिका र ८ बालक।
– सिरहामा २ बालिका र १ बालक।
– धनुषामा ३ बालिका र ८ बालक।
– महोत्तरीमा ३ बालिका र १४ बालक।
– सर्लाहीमा १५ बालिका र १६ बालक।
– रौतहटमा १७ बालिका र ३० बालक।
– बारामा २ बालिका र २ बालक।
– पर्सामा २ बालिका र ११ बालक।
– सिन्धुपाल्चोकमा १ बालिका र १ बालक।
– धादिङमा १ बालक।
– नुवाकोटमा १ बालिका र १ बालक।
– काठमाडौंमा ५ बालक।
– भक्तपुरमा २ बालक।
– ललितपुरमा ४ बालक।
– गोरखामा १ बालिका र ३ बालक।
– म्याग्दीमा १ बालिका १ बालक।
– लमजुङमा १ बालिका र १ बालक।
– तनहुँमा २ जना बालक।
– नवलपरासी पूर्वमा २ बालिका ४ बालक।
– स्याङ्जामा २ बालिका र ८ बालक।
– पर्वतमा ३ जना बालक।
– बाग्लुङमा १ जना बालक।
– रोल्पामा १ बालिका र १ बालक।
– प्युठानमा ३ बालिका र २ बालक।
– गुल्मीमा ८ बालिका र ८ बालक।
– अर्घाखाँचीमा ७ बालिका र ८ बालक।
– पाल्पामा ३ बालिका र ५ बालक।
– नवलपरासी पश्चिममा ३ बालिका र २ बालक।
– रुपन्देहीमा ७ बालिका र ५ बालक।
– कपिलवस्तुमा १० बालिका र १३ बालक।
– दाङमा १० बालिका र ६ बालक।
– बाँकेमा ४ बालिका र ६ बालक।
– बर्दियामा २ बालिका र १ बालक।
– मुगु र जुम्लामा १–१ बालक।
– कालिकोटमा २ बालिका र ४ बालक।
– दैलेखमा ७ बालिका र ३० बालक।
– जाजरकोटमा १ बालिका र १ बालक।
– रुकुम पश्चिममा १ बालक।
– सल्यानमा ३ बालक।
– सुर्खेतमा १३ बालिका र ९ बालक।
– बाजुरामा ३२ बालिका र ३२ बालक।
– बझाङमा ६ बालिका र १८ बालक।
– बैतडीमा ४ बालिका र १० बालक।
– डडेल्धुरामा ५ बालिका र ११ बालक।
– डोटीमा ३७ बालिका र ४५ बालक।
– अछाममा २१ बालिका र ४८ बालक।
– कैलालीमा २८ बालिका र ४९ बालक।
– कञ्चनपुरमा ११ बालिका र १४ बालक।