बालुवाटारमा ओली, दाहाल र खनाल छलफलमा ब्यस्त

सेयर गर्नुहोस्

काठमाण्डाैँ, साउन १३

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ । 

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका थिए । तर, बैठकमा ओली नआउने भएपछि सहमतिको प्रयासका लागि भन्दै दाहाल र खनाल ओलीसँग छलफलका लागि पुगेका हुन् ।

बैठक कक्षमा ओली–नेपाल समूहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । यस्तै उपाध्यक्ष बामदेव गौतम पनि बालुवाटार पुगेको उनका स्वकिय सचिव दिपक टमाटाले बताए ।

‘एक पक्षीय रुपमा बैठक स्थगित भएको रहेछ । हामी बसिरहेका छौं । कोही साथीहरु आउँदै हुनुहुन्छ । तर, बैठक सुरु भएको छैन,’ स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने ।