कमलादीबाट १५ केजी सुन बरामद, हतियार, सुन छाडेर भागे काराेबारी

सेयर गर्नुहोस्
  • 2
    Shares

 काठमाडौं. साउन १३

 काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ ।

मंगलबार विहान काठमाडौंको कमलपोखरीमा प्रहरीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको गाडी नरोकीकन अगाडि बढ्यो ।

प्रहरीले शंका लागेर पिछा गर्दा कमलादीस्थित नबिल बैंक नजिक सेतो झोला फालेर गाडी फरार भयो ।

प्रहरीले उक्त झोला खोलेर हेर्दा १५ किलो ‘सुन’ (पहेँलो धातु) र २ वटा पेस्तोल फेला पारेको छ । पहेलो धातु १ केजीका ८ वटा, ५ सय ग्रामको एउटा र २५० ग्रामको २६ वटा रहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको छ ।

गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।