दाहाल नेपाल समुहले थाले स्थायी कमिटी बैठक, ओलीपक्ष अनुपस्थित

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १३

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलाैटी स्थायी कमिटीकाे बैठक स्थगित गरेपछी अर्काे समुहले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक थालेकाे छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलको छलफलपछि दाहाल-नेपाल समूहले स्थायी समितिको बैठक सुरु गरेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बैठक सुरु भएको बताए पनि बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरु अनुपस्थित छन् । बैठकले दाहालले अहिलेसम्म बिकसित घटनाक्रमकाे ब्रिफिङ गरिरहेका छन् ।

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरिररहेको बैठकमा सहभागि एक स्थायी समितिले सदस्यले बताए । दाहाल-नेपाल समूहले सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई फोन गरी कुन पक्षमा हो भनी कित्ता ‘किल्यर’ गर्न भनेपछि उनीहरु पनि बैठकमा सहभागि हुने भन्दै आइरहेको एक नेताले बताए ।

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी बैठक बिहानै स्थगित भएको र अहिले सुरु नभएको बताए । ‘उहाँहरुले छलफल गर्नु भएको होला, छलफल त गर्न पाइयो । बिहान पनि उहाँहरुले खुमलटारमा छलफल गर्नु भएको थियो, अहिले बालुवाटारमा थाल्नु भयो होला । पार्टीको बैठक होइन, पार्टीको बैठक महासचिवले बिहानै स्थगित गर्नु भएको हो’ नेम्वाङले भने ।

बिहान ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु बैठक सुचारु गर्ने भन्दै बालुवाटर पुगेका थिए ।