काठमाडौं, साउन १३
नेपाल स्टक एक्सचेन्जको साइट ह्याक भएको छ। पछिल्लो समयमा नेप्सेको आधिकारिक वेबसाइट nepalstock.com.np र nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिदै आएको छ।
यस्तो समस्या देखिनुमा दुवै वेभसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा विवरण तान्ने प्रयास निरन्तर भइरहेको नेप्सेले जनाएको छ। यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्ने संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा भएपछि नेप्सेले अन्य प्राविधिक उपाय अपनाउन सुरु गरेको छ।
यस्तो प्रक्रिया निरन्तर भइरहे नेप्सेले कानुनी बाटो अपनाउने प्रवक्ता मुरारी पराजुलीले जनाएका छन्। केहि समयदेखि नेप्सेको साइट खुल्नमा समस्या देखिदै आएको छ। लाइभ कारोबार नखुल्दा लगानीकर्ताले सूचना लिन कठिनाई भएकाे छ।