मध्यप्रदेशका मुख्यमन्त्रीलाइ काेराेना

सेयर गर्नुहोस्
  • 7
    Shares

भाेपाल, साउन ११
भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई कोरोना संक्रमण भएको छ। संक्रमण देखिएपछि उनलाई भोपालस्थित चिरायु अस्पताल भर्ना गरिएको छ।
चौहानले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोभिड–१९ को लक्षण देखिएको थियो, परीक्षणपछि रिपोर्टमा संक्रमण पुष्टि भयो, मेरो सम्पर्कमा आएकाहरुले कोरोना भाइरस परीक्षण गराउनुहोला, मेरो निकट सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्नुहोला।’
उनले कोरोना भाइरस दिशानिर्देशनहरुको आफूले पालना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट बँच्न सावधानी अपनाउन प्रदेशवासीलाई अपील गरेका छन्।
मुख्यमन्त्री चौहानले आफूले गर्दै आएको दैनिक कोरोना समीक्षा बैठक अब भिडियो कन्फ्रेन्समार्फत् गर्ने र आफ्नो अनुपस्थितिमा बैठकहरु राज्यका अन्य मन्त्रीहरुले सम्हाल्ने जनाएका छन्।