सेयर गर्नुहोस्
दमक, साउन १०
झापाको दमकमा आज महिला अधिकारकर्मीहरुले आफ्नो अधिकारका लागि मौन प्रदर्शन गरेका छन् ।
दमकको गणतन्त्र चोकमा भेला भएका महिला अधिकारकर्मीहरुले पछिल्लो समय पत्नीको विभत्स हत्या गर्ने पूर्व डिआइजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसलाका विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले न्यायलय प्रतिकाे विश्वास मर्न नदिनुहुने सहितका प्लेकार्ड बाेकेका थिए ।
प्रदर्शनमा सहभागी महिलाहरुले मेरो शरिर मेरो अधिकार, हत्यारालाई सजाय देउ, नालायक चोलेन्द्र मुर्दाबाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
हेर्नुहाेस भिडियाे ………….