झापा, साउन १०झापाको राप्रपाका पुराना नेता दिलिप राईले पार्टी छाडेका छन् । पूर्व मन्त्री सुनिलबहादुर थापा सँगै उनले पनि राजीनामा बुझाएका हुन् । उनी राप्रपाको जिल्ला सभापति हुदै केन्द्रीय सदस्य पनि थिए । उनी राप्रपाका तर्फबाट संसदीय उम्मेदवार पनि बनेका थिए । यस्तै झापाकै चर्तुमान विश्वकर्माले पनि राप्रपा छाडेका छन् । उनी पार्टीका केन्द्रीय सदस्य थिए ।
१० श्रावण २०७७, शनिबार २०:४०