साम्रज्ञी बिरूद्ध भुवन पुगे अदालत, १० कराेड क्षतिपुर्ति माग

सेयर गर्नुहोस्
  • 1
    Share

काठमाण्डाै, साउन ९

अभिनेता भुवन केसीले अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह विरुद्ध बेइज्यती मुद्दा दायर गरेका छन्। १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै अभिनेत्री शाहविरुद्ध अभिनेता केसीले शुक्रबार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।  

‘सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यममा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको झुटो आरोप लगाएर आफूलाई बेइज्जत गरेको भन्दै अभिनेता भुवन केसीले मुद्दा दर्ता गर्न ल्याउनु भएको थियो। अहिले मुद्दा दर्ता भैसकेको छ’, सूचना अधिकारी कार्कीले नागरिकसँग भने।  

अभिनेत्री साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भन्दै भुवनमाथि आरोप लगाएकी थिइन्। शाहले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै जापानमा आयोजित वर्ल्ड फन्क्सन  कार्यक्रममा पनि दुर्व्यवहार  भएको समेत बताएकी थिइन्।  

यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले लगाएको आरोपबारे सत्यतथ्य छानबिनको माग गर्दै उजुरी समेत दिएका थिए।