इनरूवामा फेरि लकडाउन

सेयर गर्नुहोस्

सुनसरी, साउन ९

इनरुवा ३ महेन्द्रचोक घर भएका प्रहरीमा कोरोना संक्रमित पाइएपछि इनरुवा बजार क्षेत्रभर लक डाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षिय भेलाले तत्कालका लागि पूर्ण लक डाउन कार्यान्वयनमा ल्याइने निर्णय गरेको हो ।

कोरोना पोजेटिभ भेटिएका पुरुष प्रहरी सेवामा कार्यरत सुरक्षाकर्मी हुन् । प्रदेश प्रहरी कार्यालय बिराटनगर दरबन्दी बताएइका पुरुष बिराटनगरमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ पाइएका थिए ।
उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा छर छिमेक र बजारमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि इनरुवा बजार सहितको क्षेत्रमा पूर्ण लक डाउन गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।

कोरोना पोजेटिभ पाइएका पुरुष इनरुवाको मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलकालागि पुगेको खुलेपछि सुनसरी प्रशासनले उक्त पसल शिल गरेको छ । कोरोना संक्रमित पाइएका पुरुष सँगको प्रत्यक्ष सम्पर्कका आधारमा उनको परिवार सहित १२ जनाको कन्ट्याक ट्रेसिङ गरिएको इनरुवा अस्पतालले जनाएको छ ।

त्यसको अलावा प्रशासनमा बसेको सरोकारवालाको बैठले मूख्य गरी बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट स्याम्पलका आधारमा छनौट गरी पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ । तत्कालकालागि भोलि गरिने पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय भएको सुनसरी प्रशासनले जनाएको छ ।