ताप्लेजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्
  • 4
    Shares

ताप्लेजुङ /  ताप्लेजुङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैदेशिक रोजगारीबाट फर्किएका १४ जनाको पीसीआर परीक्षण गर्न पठाईएकोमा ३ जनाको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको हो । संक्रमित हुनेमा सिरिजङ्घा, पाथिभरा याङ्वरक र सिदिंवा गाउँपालिकाका एक–एक जना रहेका छन् । उनिहरुलाई उपचारका लागि ताप्लेजुङ उद्योग बाणिज्य संघको आईसोलेसन कक्षमा राखिएको छ ।

यसैविच १ जना कोरोना संक्रमित भने उपचार पछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचार पछि निको भएर घर फर्किएका छन् । मेरिङ्देन गाउँपालिकाका १ जना संक्रमित ७ दिनमै कोरोनालाई जितेर घर फर्किएका छन् । हप्ता दिनमै कोरोना जितेका उनलाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले बुधवार फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको क्वारेन्टिनबाट फुलमाला सहित बिदाइ गरेको छ ।

यस्तै विभिन्न क्वारेण्टिनमा बसेका ११ जनाको पीसीआर रिर्पोट नेगेटिभ आए पछि घर पठाईएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए ।