ओखलढुंगा, साउन १
सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएकोे छ । जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताए ।केहीदिन अघि उनीहरुसहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो, जसमध्ये १५ जना भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको तिवारीको भनाइ छ ।उनीहरु सबैलाई उपचारका लागि आज नै कारोना अस्थायी अस्पताल विराटनगर पठाइएको छ । उक्त भारतीय नागरिकहरु गत चैत २८ गतेदेखि विद्युत विस्तारको काममा खटिदै आएका थिए ।