महिला उद्यमी संघ झापाको अध्यक्षमा नैनकला भट्टराई

सेयर गर्नुहोस्
  • 62
    Shares

झापा, पुस २५:महिला उद्यमी संघ झापाको तेस्रो अधिवेशनबाट अध्यक्षमा नैनकला भट्ट्राई चयन हुनुभएको छ ।
संघको विर्तामोडमा सम्पन्न पाँचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उहाँ यसअघि संस्थाको महासचिव हुनुहुन्थ्यो ।
त्यस्तै संस्थाको बरिष्ठ उपाध्यक्षमा यशोदा चापागाँई, उपाध्यक्षमा युनिता दवाडी, महासचिवमा सर्मिला अधिकारी, सहसचिवमा यमुना तिवारी र कोषाध्यक्षमा पुनम घिमिरे चयन हुनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरुमा सिता काफ्ले, विना दाहाल, पूजा सुब्बा र मंगलमाया केरुङ चयन भएको नवनिर्वाचित अध्यक्ष नैनकला भट्टराईले जानकारी दिनुभयो ।
यसअघि संस्थाका अध्यक्ष गोमा भट्टराईको अध्यक्षता तथा सांसद जसमाया गजमेरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एक्सेल वर्षोत्कृष्ट उद्यमी पुरस्कारबाट ढाका उद्यमी मंगलमाया केरुङलाई नगद १५ हजार १ सहित पुरस्कृत गरिएको थियो ।