माेरङका ४ संक्रमितकाे एकै दिन मृत्यु

सेयर गर्नुहोस्

विराटनगर, भदाै २१
कोरोना भाइरसको संक्रमणबाट मोरङमा शनिबार एकैदिन चारजनाको मृत्यु भएको भएको छ । विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक–एक जना पुुरुषको मृत्यु भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर–११ की ४३ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका –३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएका उनको शनिबार मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । यससँगै प्रदेश १ मा मृतकको संख्या २७ पुगेको छ ।