दमक, १७ माघ
झापाको दमक उद्योग वाणिज्य संघले दमक महोत्सव गर्ने भएको छ । संघले माघ २८ गतेदेखि फागुन १२ गते सम्म पाँचौ दमक महोत्सव आयोजना गर्ने भएको हो ।
दमक ७ स्थित सयपत्री टोलको खुल्ला मैदानमा हुने दमक महोत्सवको लागि मैदान मिलाउने, स्टल बनाउने लगायतका कार्य भइरहेको अध्यक्ष गोपाल गुरागाईँले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गर्दै संघले महाेत्सवकाे जानकारी दिएको हाे । दमकको सांस्कृतिक पहिचान झल्काउने, व्यवसायिक वातावरण तयार गराउन महोत्सव गरिएको उनले उल्लेख गरे । १सय ३५ वटा स्टल रहने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सवका संयोजक राजु खड्काले महोत्सवले दमकलाई व्यवसायिक गन्तव्य निर्माण गर्ने र दमकलाई चिनाउने अवसर समेत हुने बताए । मूल समिति सहित महोत्सव सम्पन्न गर्न डेढ दर्जन बढी उप समिति गठन गरिएको खड्काले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले दमकको पहिचान कायम गर्न महोत्सव उपयोगी हुने बताए । एक करोड ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवबाट संघले साढे ५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवमा दै्रनिक ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ । यस्तै अत्याधुनिक प्रविधि द्धारा वाल उधान तथा खेल तमासा, अटो मोवाइल प्रर्दशनी विक्री र प्रवेश टिकटमा उपहार समेत राखिएको छ ।
सेयर गर्नुहोस्
१७ माघ २०८०, बुधबार १७:१२