कमल गाउँपालिका बन्द हुने

सेयर गर्नुहोस्


झापा, साउन २९
झापाको कमल गाउँपालिका नजिकै क्यान्टिन चलाउने ब्यक्ति कन्ट्याक ट्रेसिङमा परेसँगै कमल गाउँपालिकाका सबै सेवा बन्द हुने भएको छ ।
शुक्रबारदेखि गाउँपालिका र वार्ड कार्यालयले कुनै पनि सेवा प्रवाह नगर्ने जनाइएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले अर्को सुचना नहुन्जेलसम्म सबै सेवा बन्द हुने बताएका हुन् । पीसीआर परिक्षण पछी मात्रै थप निर्णय हुने उनले जनाएका हुन् ।