झापा, साउन २६
गृह मन्त्रालयले ७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। आइतबार मन्त्रालयको मन्त्रीस्तरको निर्णयले सरुवा गर्ने निर्णय गरेको हो।
स्याङ्जाका सिडिओ ध्रुव गिरीलाई मनाङमा पठाइएको छ भने झापाका सहायक सिडिओ राजकुमार राईलाई रुकुम पूर्व पठाउने निर्णय गरिएको छ।
गृह मन्त्रालयमा कार्यरत उमेश बस्नेतलाई रौतहट पठाइएको छ भने सन्तबहादुर सुनारलाई दैलेख पठाइएको छ। यस्तै उमाकान्त अधिकारीलाईलाई म्याग्दी पठाउने निर्णय मन्त्रालयले गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत हिरादेवी पौडेललाई मुस्ताङ पठाइएको छ। ललितपुरमा सिडिओलाई खिमराज भुसाललाई प्यूठान पठाइएको छ।