संसारकै नम्बर १ धावक उसेन बोल्टलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
  • 4
    Shares

जमैका : संसारकै सर्वाधिक तेज धावक तथा ८ पटकका ओलम्पिक विजेता उसेन बोल्टलाई कोभिड १९ को संक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार ३४ वर्षको जन्मदिन मनाएको केही दिनमै उनलाई कोरोना लागेको हो । इंग्ल्याण्डका फुटबलर रहिम स्टेर्लिङ, बएर लिभर्कुसेन विंगर लियोन बोलर र क्रिकेटर क्रिस गेल समेत उनको बर्थडे पार्टीमा सहभागी भएको बताइएको छ ।

जमैकन स्वास्थ्यमन्त्रीले बोल्टलाई कोरोना भएको र थप कन्ट्याक ट्रेसिङ गर्न लागेको जानकारी दिएका छन् ।