सेयर गर्नुहोस्
संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने भएको छ।
आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।
गत वर्ष संविधान दिवसको अवसरमा सो भवनमा पहिलाे पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो। यस भवनको उचाई ८२९.८ मिटर छ।
दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। याे भवन १६३ तलाकाे छ।