विराटनगर विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु

सेयर गर्नुहोस्

विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

आजै मात्र प्रदेश १ मा अर्का सँक्रमितको ज्यान गएको थियो । उनी धरानमा उपचाररत थिए । विहान ३ बजे उनको निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । मृत्यु हुने मोरङको बुढिगँगा गाउँपालिकका २ का ५५ वर्षीय पुरूष हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । मृतक सबै मोरङका हुन् ।

Leave a Reply

Your email address will not be published.