रियल म्याड्रिडका स्पेनी पूर्व गोलरक्षक इकर कसिलासकाे सन्यासको घोषणा

सेयर गर्नुहोस्

म्याड्रिड — रियल म्याड्रिडका स्पेनी पूर्व गोलरक्षक इकर कसिलासले मंगलबार फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । रियलका लागि १६ वर्ष बर्नाबाउमा बिताएका ३९ वर्षीय कसिलासले त्यसक्रममा तीन युरोपेली च्याम्पियन्स लिग र पाँच ला लिगा उपाधि जिते ।

उनले स्पेनका लागि सन् २०१० को विश्वकपसँगै सन् २००८ र २०१२ मा लगातार दुई पल्ट युरोपेली च्याम्पियनसिप पनि जिते । सन् २०१५ देखि पोर्टोमा आवद्ध कसिलासले सन् २०१९ मा हृदययघात भएयता खेलेका छैनन् ।

त्यसबाट निको भएपछि उनलाई पोर्टोको प्रशिक्षक सहयोगीको भूमिका दिइएको थियो । पोर्चुगाली क्लबका लागि खेल्ने क्रममा उनले दुई प्रिमियर लिगा र एक पोर्चुगाली कप जिते । उनले स्पेनका लागि सन् २००० देखि २०१६ बीच १ सय ६७ ‘क्याप’ पनि जिते ।