भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा ९० जना पुरिए

सेयर गर्नुहोस्
  • 6
    Shares

काठमाण्डाै – भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ ।

हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ । अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ ।