नेपालमा ७० काेराेना संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन २३

नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्। 

नेपालमा हालसम्म २२ हजार २१४ जना संक्रमित भएको र हालसम्म १५ हजार ८१४ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।