धरानस्थित विपी प्रतिष्ठानमा २२ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु

सेयर गर्नुहोस्
  • 22
    Shares

धरान भदाै ८,

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ ।

मृत्युु हुनेमा प्रदेश २ सिराह गोविन्दपूरका २२ वर्षीय युवा रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुुसार उनलाई भदौ २ गते विपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । सुरुमा प्रतिष्ठानकाे आइसीयूमा भर्ना गरिएपनि पछि उनलाइ काेभिड अस्पताल रेफर गरिएकाे थियाे । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार गरिएकाे चिकित्सकले बताएका छन् । उनको आज दिउँसो ३ बजे मृत्युु भएको हो । मुुटुुको दीर्घरोगी उनी नियमित लागुुपदार्थ सेवन गर्ने व्यक्ति रहेको सापकोटाले जानकारी दिए । उनकाअनुसार मृतकको शव व्यवस्थापनको काम भइरहेको छ ।