दाहाल निवासमा छलफल जारी, बामदेव र बादल गएनन 

सेयर गर्नुहोस्

दाहाल निवासमा छलफल जारी, बामदेव र बादल गएनन 

काठमाण्डाै, साउन ४

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा उनीसहित सचिवालयका केही र स्थायी कमिटीका केही सदस्यबीच छलफल जारी छ। बिहान ९ बजेपछि जारी छलफलमा सचिवालयका प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन्। त्यस लगायत स्थायी कमिटीमा रहेका ती नेता निकटका सदस्यहरु पनि उपस्थित रहेको एक नेताले जानकारी दिए।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति प्रचण्ड नरम रुपमा प्रस्तुत भएका थिए। साथै, मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका थिए। तर, खनाल, नेपाल, गौतम र श्रेष्ठले भने शंका व्यक्त गरेका थिए। नेता नेपालले भने दुई अध्यक्षबीच चोचोमोचो मिल्दैमा नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

आजको लागि तोकिएको स्थायी कमिटी बैठक भने बस्ने सचिवालयको बैठकले निर्णय गरेको थियो। स्थायी कमिटी बैठक गत असार १० गतेदेखि जारी छ।