झापाको कमल गाउँपालीकामा निषेधाज्ञा

सेयर गर्नुहोस्

दमक भदौ ८,
झापाको कमल गाउँपालीकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा लगाईएको छ । गाउँपालीकाको वडा नम्बर ३ स्थित केर्खा बजारका एक बृद्धमा कोरोना देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण गर्दा हिँजो थप तिनजना समुदायका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । समुदायका व्यक्तिमा संक्रमण देखिएसंगै हिँजै गाउँपालीकाकाले लकडाउन गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले आज एक विज्ञप्ति निकाल्दै कमल गाउँपालीकाका सम्पुर्ण वडाहरुमा निषेधाज्ञा लगाएको जनाएको छ । 
निषेधाज्ञा अवधिभर गाउँपालीका क्षेत्रमा अनुमति प्राप्त बाहेकका कुनै पनि प्रकारका निजि तथा सार्वजनिक सवारी साधन सञ्चालन निषेध गरिएको छ । त्यसैगरी मानिसहरुको आउ जाउमा पनि पुर्ण रुपमा निषेध गरिएको छ । आगामी १३ गने सम्म जारी निषेधाज्ञा अवधिमा अत्यावस्यक सवारी साधन, सरकारी नम्बर प्लेटका, सुरक्षा निकायका, निर्माण सामाग्रि बोकेका र पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न पाईने छ । 
कसैले निषेधाज्ञाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि बिज्ञप्तिमा जनाईएको छ ।