गौरादह ३ वार्ड कार्यालय आफ्नै भवनमा

सेयर गर्नुहोस्

गौरादह, साउन १
झापाको गौरादह ३ को वार्ड कार्यालय नयाँ भवनमा सरेको छ । आज बैधिक विधी पूर्वक कार्यालयमा सरिएको वार्ड अध्यक्ष गजेन्द्र घिमिरेले बताए । शुक्रबार बिहान ८ बजे नयाँ कार्यालयको उद्घाटन हुने उनले बताए ।
७ वटा कोठा र एउटा बैठक हल रहेको कार्यालय एक करोड ११ लाख ३० हजारमा निर्माण सम्पन्न भएको हो । आफ्नै भवनमा सरेपछी सेवाग्राहीले सहजै सेवा पाउने अपेक्षा गरिएको घिमिरेले बताए ।