इटहरी उपमहानगरका लेखा अधिकृत घुस सहित पक्राउ

सेयर गर्नुहोस्

इटहरी, साउन १

इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल ६५ हजार घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोग  प्रदेश एक कार्यालय इटहरीकाे बिशेष टाेलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत बिकास पाेख्रेललाइ ६५ हजार घुस रकम सहित बिहीबार दिउसाे पक्राउ गरेकाे हाे । अख्तियारकाे टाेलीले बिशेष सुराकिकाे आधारमा उनलाइ इटहरी ६ बिपि चाैकस्थित समिप हाेटलबाट रू ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएकाे हाे । पक्राउ पाेख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेकाे शुचना पाएपछि अख्तियारकाे टाेलीले उनिमाथी बिशेष निगरानी बढाएकाे थीयाे । बिहीबार सेवाग्राहिबाट रू ६५ हजार लिदै गर्दा अख्तियारकाे फन्दामा परेका उपमहानगर अन्तरगत लेखा अधिकृत पाेख्रेल बिरूद्ध थप अनुशन्धान भइरहेकाे अख्तियार दुरूपयाेग अनुशन्धान अायाेग प्रदेश एककाे कार्यालय इटहरीले जनाएकाे छ ।